Monday, February 9, 2009

पॊखरा – एक परीचय

पॊखरा श्याम रॊक्का - 

 

भगवानले यस ब्रम्हाण्डकॊ सृजना गर्ने क्रममा तिन लॊककॊ निर्माण गरेका हुन् जस्मा स्वर्ग, धर्ती र पाताल भनि नामाकरण गरीएका छन् यसै धर्ती अन्तरगत प्राकृतिक साधन श्रॊतले भरीपूर्ण सुन्दर देशका रूपमा नेपाललाइ मानिन्छ यसै नेपालकै पश्चिमी भुभागमा अबश्थीत पॊखरा नगरीलाइ स्वर्गकै एक अंश वा उपमाकॊ रूपमा भगवानले सृजना गरेका मान्नु पर्दछ, चारैतिर हरीया पहाड र हिमश्रृंखलाले मनमॊहक भइ श्रृङ्गारीएकॊ यस क्षेत्रकॊ बारेमा एक पल्ट भ्रमण गर्ने जॊ,कसैले बर्णन नगरी रहन अबश्य पनि सक्नेछैन । सम्पूर्ण साधनश्रॊतले भरीपुर्ण यस नगरीकॊ बिचमा सुसेल्दै बगेकॊ सेति नदीलाइ हेरेर प्रचण्ड गर्मीमा समेत मनलाइ  शितलता प्रदान गर्दछ । फेवा , रूपा र बेगनाश तालकॊ पबित्र जल र फेवातालमा देखिने माछापुच्छ्रे हिमालकॊ प्रतिबिम्बले कस्कॊ शिर उच्च नहॊला र ? सिङ्गै पॊखरा नगरीकै गहनाकॊ रूपमा रहेकॊ पातली छाँगॊ लगायत पॊखरा नगरीकॊ गर्भमा लुकेर रहेकॊ महेन्द्र गुफाभित्रबाट छिप्दै बगेकॊ सेति नदिकॊ मनॊरम दृष्यले यस नगरीलाइ सुनमा सुघन्ध थपेकॊ छ । बराही ,बिन्ध्याबासिनि र भद्रकाली देबीका मन्दिरहरू र तिनका  पबित्रताले सिङ्गारीयकॊ पॊखरा नगरीकॊ बर्णन गरेर न लेखनाथ ,न धर्मराज न अलिमीया नै थाके तसर्थ नेपाली भइकन यस प्रकृतिक मनॊरम दृषयले भरीपुर्ण नगरकॊ भ्रमण बिना सहायद  जीबन सार्थक हुदैन भन्दा अतियुक्ती नहॊला अतः

     थन्क्याउ यॊ लेखलाइ अहिल्यै हेर्न जाँउ छिटॊ

     लेखेकॊ पॊखरा भन्दा हेरेकॊ,टेकेकॊ पॊखरा मिठॊ

 

Posted by SHYAM in 21:03:55 | Permalink | No Comments »

Saturday, February 7, 2009

सत्ता र सुबिधाकॊ मृगतृष्णा – श्याम रॊक्का


 

 

देश ,झण्डा र जन्भुमीकॊ महत्व बढ्दै जाँदॊरहेछ

जब सुबिधाकॊ मृगतृष्णमा परीवारदेखि टाढा समुन्द्रपारी हुनेछौँ

सॊध्छन् बिदेशी सबैले के हॊ ? नेपाल , कस्तॊ र कहाँ छ  ?

भन्न मनलाग्छ प्राकृतिक गहनाले भरीपूर्ण र बिश्वकॊ ताज जहाँ छ

झल्याँस्स सम्झन्छु देशकॊ बिग्रदॊ राजनैतिक अबश्था अनि

मुटुमा भक्कानॊ फुट्छ,गहभरी आँशु भरीन्छ र नेपाली  स्वाभिमान प्रति लाग्छ लाज

राजनैतिक दलदलमा फसेकॊ नेपाली कथा ब्यथा कसरी पॊखुँ यी बिदेशीहरू माझ

देश बिकाश, गणतन्त्र, राष्ट्रबाद, समाजबाद र शान्तिकालागी फुक्दैछन् नारा

गरीबि ,अभाब र रॊगले पील्सीएका छन् ति सॊझा नेपाली गाँउलेहरू  सारा

केहि बिकाश शहरीक्षेत्रमा देखिन्छन् तैपनि अब्यबस्थीत छन् सबै शहर र भवन

हिजॊ आकाश ऒढेर ढुङ्गामाथी सुत्नेहरूका त्यहि महलमा छन् सयन र चयन

बिकाश छैन ,परीबर्तन सत्ताधारीकै मात्र भा छ झन् शान्ति सुरक्षा नै भएन

सिँहदरबार भित्र स्याल पसे नि बाघ झैँ गर्जने प्रथा नेपालमा कहिले गएन


महान नेताहरूका बिशेषता नै हॊ केबल कुर्शिकै लागी सधैँ हानथाप

पर्ख ! नेताहरू, सॊझा  जनताहरूलाइ रूवाएकॊ अबश्य लाग्छ महापाप

जुनसुकै सरकार आए नि गरीबलाइ केहि भएन ,धनिहरूका मात्रै छ राज

जनयुद्दका सेल्टर थिए ति गाँउका स्कुलहरूमा छानॊ चुहिएकॊ छ आज

परेड खेल्ने,ज्यान बचाउने,युद्द सिक्ने त्यहि थिए  जंगल ,पहाड र गाँउ

आज सत्तामा पुगे,झण्डा फहराए ,बिर्से सबै, फर्केर गएनन् ति बिकट ठाँउ

सत्ताका लडाँइमा भएका ति घाइतेहरू अझै शरीरभित्रै छर्रा लिएर हिडिरहेका छन्

लॊकतान्त्रीक प्रणालीमा पनि किन समाचारका संबाहक पत्रकाराइ नै गीडीरहेका छन् ?

 

  

Posted by SHYAM in 13:45:46 | Permalink | No Comments »

Friday, February 6, 2009

क्यानडामा हिउँमा रमाउदै एक नेपाली यूबा,(उहाँ इजरायलबाटै त्यहाँ पुग्नु भा )

सगरमाथाकै देशका जन्मेर पनि यति धेरै हिँउमा खेल्ने अबशर पाइन,बल्ल क्यानडामा हिउँ खेल्न पाएँ, अ।हा कत्ती मज्जा नि ………………………………बिपीन के.सि ,क्यानडा
Posted by SHYAM in 19:47:54 | Permalink | No Comments »

Wednesday, February 4, 2009

क्रान्ती र देश – श्याम रॊक्का

प्रगति पथमा कसैले तगारॊ लगाउन सक्दैनन्
सम्पूर्ण नेपालीहरू एक ढीक्का भइ जुटेपछि
अशान्तिका बादल मडारीरहन्छ र रगतकॊ बर्षा भइरहन्छ
जहाँ एक भाइले अर्का भाइकॊ ज्यान मकै छै भुटेपछि
क्रान्ती र आन्दॊलनका नाउँमा
त्रास छ शहर अनि गाँउ ,गाँउमा
बिकाश हैन बिनाश ,युद्द र महंगीकै चल्याछ लहर
हिजॊकॊ शान्तिक्षेत्र नेपाल आज शान्तिकै लागी भा छ रहर
देशमा परीबर्तनका लागी संघर्ष गरे,रगत र अश्रुधारा बगाए
तनाब ,त्रास ,भॊक,अभाब साथमा नेपाली जनताहरू सधैँ कुकाए
इतिहाँसमा रगतका अक्षर अझै आलै छन् नेपालभित्रै
एक फौजले अर्को अर्का फौजका नेपालीहरूका लाश नै बिस्कुन झै सुकाए
सहिदहरूका परीवरले रूदै श्राप्दै होलान,किन तिनिहरूले अकालमा ज्यान गुमाए
केबल सत्ता ,सरकार र नेता परीबर्तन गराए ,पदाशीनहरू मात्रै रमाए ,जमाए ,कमाए
शीथील र थकीत छन् सारा नेपालीहरू ,छैन कसैमा उमंग ,जोश र जाँगर
राजनैतिक परम्परा नै यस्तै छ ,गर्ने भन्ने हनुमान ताज पाउने ढेडु बाँदर
संकटमा पर्यो नेपालीहरूका भबिश्य खै कहाँ गै गुहार मागौँ
हे ! नेपाली बिद्वान,चेतनशिल जनताहरू देशका लागी केहि गरौँ
प्रगति र सुधार चेतनामा लागौ
शुभकार्य ढिलै भएनि गर्न जागौँ
समस्यासंग जुधौँ कदापी नभागौँ
Posted by SHYAM in 18:42:51 | Permalink | No Comments »

Friday, January 30, 2009

लब इज बिजनेस वा ……….. (राज घले)

  मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्


 

Love is business and Business is love,

 

Dearest Loving soul mate
{Mrs. Gyanu Ghale}

 

You ask if business of love is superior to the love of business. I dare not say that. Love of business and business of love are complementary and not contradictory. They are like the two wheels of a vehicle. Life can not go on without either of them.

We need money to live but what is life if it is all money money. Business business? There ought to be some genuine love in life, far above and beyond the problems of moneymaking to make life really livable. True love is like salt in the bread. We need bread of life but what will be bread without salt?

 

It is very important for me to express to you how much you really mean to me. I wish I could do this in personal while holding you in my arms and gazing into your eyes. But since we are physically much fare ways by miles of emptiness Gyanu I know it is difficult for you as it is for me, to be so faraway so long life seems to be full of trials of this type which test our inner strength and more importantly we have to meet soon ok, why it has happen with us? Because of the money because of the business, it is true really true why people are trouble because of the money of business, however now we have good life we have to led our life much batter then today in tomorrow, business will be going on,

 

I agree with this article browning the most particular of modern poets

So don’t get lost in business. Get lost in true love. You swim in love like a fish and skim

In business like a bird

 

Regards,

Raj Ghale

Email: – someka_ghale@yahoo.com

Doha-Qatar


मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
 

Posted by SHYAM in 16:37:41 | Permalink | No Comments »

केही नेपाली साइटहरु

केही नेपाली साइटहरु
समाचारमुलक
कान्तिपुरगोरखा पत्रद हिमालयन टाइम्स नेपाली पोस्टखस खसफ्री नेपालशेर्पा वर्ल्डशैली नेपालनया पत्रिकाखोज तलास अनलाइनयूरोप नेपालनेपाल कोरिया समाचारअमेरिका दर्पणसमुद्र पारीअल नेपाल न्यूज़ई नेपाल न्यूज़नेपाल समाचारपत्रवि. वि. सि. नेपालीडि. सि. नेपालप्रवासी नेपालीनेपाल जापान डट कमहिमालवेभ
Posted by SHYAM in 13:42:27 | Permalink | No Comments »

Monday, January 26, 2009

गाजा र विष्फोटनका धुंवाहरु

कृष्ण थापा

छेउमा यार्कोन नदी छ। झिस्मिसे देखि साँझ सम्म पानीको छाल र वेग सँग जिस्किएर सर्फिंग गर्नेहरुबाट यार्कोनले शायदै फुर्सद पाउँछ । यो रोमांचक पार्क फन्को मार्दै गर्दा मैले आधुनिक मनोरन्जनको शैलीमा आएको परिवर्तनको विश्लेषण गर्ने अधुरो चेष्टा गरेँ । आजभोली खेलकूद वा रिक्रियशन साहसिक र जोखिमपूर्ण बन्दै गएका छन ।

पार्श्वमा भुइन नै थर्किए जस्तो आभास हुने गरि इमिनेमको अंग्रेजी गीत बजिरहेको छ, यही संगीतको तालमा एकातर्फ़ स्केटिंग खेल्नेहरूको संसार छ । मैले देखें साना केटाकेटीहरु समेत स्केटिंगमा गुडदै विशेष प्रकारले बनाइएको डीलबाट आकाश तिर उडे जस्तै गरि हुईँकिन्थे र रोलिंग गर्दै भुईँमा संतुलन मिलाएर फेरी गुडन आइपुग्थे ।

पार्क भरि बिभिन्न प्रकारका खेलकूदको व्यवस्था गरिएको थियो । नखेल्नेहरु या त व्यायामशालामा वा दौडी रहेका भेटिन्थे । कुनै खेलमा आफु सहभागी हुनु भन्दा पनि यी रोमांचक दृश्य हेर्नु मै रमाई रहेको बेला अकस्मात ३ वटा ट्यांकर आकारका साना गाड़ीहरु मेरै समीप बाट हुत्तिए । साँच्चै जस्ता लाग्ने ती गाड़ीका चालक हरु भने ८/१० बर्षका कलिला केटाकेटीहरु । टेलिभिजनमा सधैँजस्तो गाजा तर्फ हानिएका इजरायली सैनिक ट्यान्कको दृश्य हेर्न अभ्यस्त यिनीहरु मानौं यसो भन्दै छन – “हामी पनि भोली प्यालिस्तिनि संग युद्ध खेल्नु पर्छ, त्यसैले यो सिकेको ।”

“तिमीलाई एड्भेन्चर्स एक्स्पेरियंस गर्न कत्तिको मन पर्छ? “”साहसिक अनुभव” मैले मनमनै उल्था गरेँ । ” अँ ,मन त पर्छ तर एक्स्पेरियंस चाहि कमै गरेको छु ।”म तिम्रो देशमा जन्मिएको भए, आहा, कति हिमाल चढ़थेँ, ट्रेकिंग वा राफ्टिंग गर्थें होला, मलाई हरिया डांडापाखा पैदल यात्रा गर्न खूब रमाइलो लाग्छ, उ रोमांचक भयो ।

रुबेन लिवोभिच, सान फ्रांसिस्कोमा कम्प्यूटरको विद्यार्थी । अघिल्लो हप्ता मात्र यहाँ आइपुगेको, उ यसरी मसँग पुरानो साथी जस्तै गरि नज़िकिंदा उसका हजुरबा नाथन मातालोन छक्क परे । रुबेन र रोनी हरेक बर्ष इजरायल आउछन, यसपाला चाहीं रोनी (रुबेन को भाई) बार्षिक बिदाको छुट्टी मनाउन अस्ट्रेलिया गएको ले उ एक्लै आएको हो । यो छुट्टीमा नेतान्यामा हर्स राइडिंग गर्ने, याफोमा बोटिंग गर्ने र मृत सागरको किनार (बालुवा)मा पैदल यात्रा गर्ने उसको आफ्नै खाले योजना छ ।

इजरायलमै हुर्किएको हो रुबेन लगभग, उ दश बर्ष हुदा मात्र उनीहरु अमेरिका बसाई गएका थिए। इजरायल संग उसको बाल्यकालको सम्झना मात्र गाँसिएको छैन, उ भन्छ “यो पवित्र भूमिमा म मेरो जाती धर्म र यहूदी आत्मासंग भावनात्मक रुपमा बढ़ी जोडिएको छु ।” त्यसो त मेरै उमेरको यो तन्नेरी उस्तो धार्मिक पनि होइन । यद्यपि उ भन्छ संसारका हरेक यहूदीहरुको मन इजरायलसंग गाँसिएको हुन्छ, म त्यस बाट अछुतो रहन सक्दिन ।

अलिकति असमयमा आएछु जस्तो लागेको छैन? “किन” उसले जवाफ फर्कायो ।”अहिले युद्ध छ नि त,” मैले भने ।

हा.., यहाँ सधैँ यस्तै हो । युद्ध र आक्रमण इजरायलको पर्याय बनिसक्यो र यसको भविष्य यसैमा छ । इजरायलको पराक्रमण र शक्ति प्रदर्शनको निरन्तरता उसको अस्तित्व रक्षा को आधार हो ।जून दिन यो मौन रहन्छ यसको अस्तित्व पनि संकटमा पर्छ, रुबेनको बिचारसँग म शतप्रतिशत सहमत रहिन, किनकी यो कूटनीतिक हिसाबले सही छैन । यसपालीको आक्रमणमा सर्वसाधारण र बालबालिका जुन रुपमा प्रभावित भए त्यसले इजरायलको छवि माथि दूरगामी नकारात्मक असर पर्नेछ ।

आम नागरिकको तुलनामा हमास मिलिसिया वा तिनका नेताहरु कम मारिएका छन यसले इजरायलीहरुलाई पनि चिन्तित बनाएको छ ।

यस्तै हो भने, मैले जिस्किएको शैलीमा शंका व्यक्त गरेँ, एकदिन चारैतिरबाट जिहाद छेड़छन र तिमिहरुलाई फेरी धपाउछन । मुस्लिम दाजूभाइमाथि अन्याय भयो भनेर एक हुदै गएका विश्वभरका मुस्लिम राष्ट्र र समुदायको आँखाको तारो बनिरहेका छौ नि त तिमीहरु ।
उ भन्छ, त्यो त हामी पहिले देखि नै थियौं, युद्ध नहुँदा पनि इस्लामिकहरु संग हाम्रो सम्बन्ध भनेको कदापि मित्रवत हुन सक्दैन यदि उनीहरूले सक्ने भए धपाइसक्थे । उनीहरु त्यही त चाहन्छन, तर यो असंभव छ ।

आज मैले कुनै न कुनै खेल खेल्नै पर्ने थियो रुबेन सँग । त्यतिकै फ़र्क्यौ भने यार्कोन आएको बेकार हुन्छ । अँ, सम्झिदै उसले भन्यो तिम्रो देशमा त धेरै पहाड़ हरु छन नि होइन? पहाड़ मात्र होइन सर्वोच्च शिखर एभरेष्ट पनि मेरै देशमा छ, भनेर बुझाउन अलि समय लाग्यो मलाई ।

“ल त्यसो भए रक् क्लाइम्बिंग गरौं, यो चाही तिमीलाई सजिलो लाग्नेछ”, उ उत्साहित भयो सानै छँदा बारीको कान्लाहरु उक्लेको वा भीर पहरामा हुर्की खेलेको अनुभवको बलले मैले भनेँ, ओ के ल यसमा चाहि, म तिमीलाई पछि पार्छु रुबेन! मलाई त यो पर्खाल चढ़न सुरक्षा डोरी नै चाहिदैन होला ।तर त्यसो भएन, बाँदर जस्तै रक क्लाइम्बिंगमा पनि उ निकै सिपालु रहेछ । यसको लागि अलि अभ्यास नपुगेर मात्र हो, मैले आफुलाई सांत्वना दिदै भने “तिमी त साच्चीकै एड्भेन्चर्स रहेछौ रुबेन ।”

उ मुस्कायो “शायद हाम्रो प्रकृति नै यस्तै होला ।”
“तर तिमी त इजरायली हैनौ नि” उ अमेरिकी नागरिक थियो ।
हैन मैले “जेविस स्पिरिट” को कुरा गरेको, उसले प्रस्ट्यायो ।

जेवीस स्पिरिट अर्थात यहूदी आत्मा, यहुदीपन -उसको बिचारमा साहसिक हुन्छ ।

आकाशमा कालो धुँवा बढ्दै गएपछि मलाई जन आन्दोलनको काठमांडूको सम्झना आउँछ, प्रदर्शनकारीहरुको इँटा र ढुंगामूढाको थुप्रो अगाडी प्रहरी आफैं रमिते बनेर टोलाई रहेको बेला एउटा पर्यटक “रोयल इनफिल्ड”मा चढेर जबरजस्ती हुल र तिनको छेकबार छिचोलेर आउँछ र उल्टो यो के हो भन्दै थर्काउदै गरेको दृश्य म अझै पनि बिर्सन सक्दिन । पछि बुझ्दा, उ इजरायली थियो । इजरायलीहरु संसार मै जबरजस्त, सन्की, हेपाहा र जिताहा स्वभावका हुन्छन् । कति हदसम्म भने नेपालका कतिपय होटल तथा रेस्टूराँहरुमा त यिनीहरुलाई निषेधित जस्तै गरिएको छ ।

इजरायल कालो अरिंगालको देश हो, मध्यपूर्व को यो रणभूमिमा आउनु अघि बुबाले भन्नु भएको कुरा अहिले मलाई सही लाग्छ । सधै रेडियो टेलिभिजनको अंतर्राष्ट्रीय समाचारमा प्यालेस्टाइन र इजरायलको झगडा सुनेर उहाँले शायद यस्तो धारणा बनाएको हुनु पर्छ । यसबेला म यिनिहरुलाई नजिकबाट अनुभव गरिरहेछु ।

मानव अधिकारवादी शान्तिकर्मीहरुको छेकबार र अंतर्राष्ट्रीय बिरोधलाइ नाघेर यिनिहरू गाजामा निरन्तर आक्रमण गरिरहेछन । टेलिभिजनबाट प्रसारित भिडियो दृश्य हेर्दैछु, इजरायली युद्दक विमानका ककपिटमा जडित क्यामेराबाट कैद गरिएका ती दृश्यहरु हेर्दा मलाई कम्प्यूटरमा खेलिने भिडियो गेम जस्तै लाग्यो , जहाँ आकाशबाट जमिन्तिरको लक्ष्य (टारगेट )मा जूम गर्दै लेन्सको केन्द्र बिन्दु x पारेर रकेट प्रहार गर्थे यिनिहरू । यिनिहरूको लक्ष्य प्राय एकदम स्पष्ट र निर्दिष्ट हुन्थ्यो । तत्क्षण विष्फोटको दृश्य, चर्को आवाज र धुवां उडेको देखिन्थ्यो र टारगेट ध्वस्त बनाउदै विमान चक्कर लगाउथ्यो । एउटा मिशन सकिन्थ्यो, फेरी अर्को शुरू हुन्थ्यो ।

युद्धले शिथिल गाज़ाको समाचार पढ़छु, संरचनाहरु तहसनहस भएका छन । सैयौं निहत्था नागरिक मरिएका छन । इजरायली युद्ध कौशलतालाइ भिडियो गेम सँग तुलना गर्ने मेरो कल्पना क्षणभरमै भंग हुन्छ । अ हो वारूदका धुँवाहरु मात्र उडेका छैनन, घरबार उजाडिएका छन, रगत बगेको छ र अमूल्य जीवनहरु बर्बाद भएका छन । रक्तपात, धनजनको क्षति र मानवीय संकट कहाँ भिडियो गेम जस्तो हुन्छ? जसको कुनै अर्को लेवल छैन, अर्को विकल्प छैन । प्यालेस्तिनीको भागमा परेको यो नियतिलाइ बदर गर्ने उपाय खोज्न किन सकिरहेको छैन विश्व?

गाजा क्षेत्रको आकाश अँध्यारो जस्तो छ धुंवाले । बारुलोको गोलोमा जिस्क्याए जस्तै प्यालिस्तिनीहरु इजरायलतिर रकेट प्रहार गर्न छोडेका छैनन । लेबनानबाट पानी रकेट आउन थालेपछि र स्थिति अलि गंभीर बन्दै गएपछि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलले आकस्मिक बैठक बसि, प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरि सीमा इलाकामा काम गर्ने नेपालीहरुको स्थिति बुझ्ने कोशिश गरयो, यो अवस्थामा हामीले के गर्न सक्थ्यौं? गाजासँग जोडिएको इजरायली सिमानामा हावा भरिएका ठूला ठूला बेलून आकारका राडारहरु थिए, जसले इजरायली आकाशतिर रकेट छेडिन साथ साइरन बज्न शुरू हुन्थ्यो । जसको निश्चित समय अबधिभित्र सुरक्षित स्थान र अवस्थामा रहन सर्वसाधारणलाइ सुचना जारी गरिएको थियो । कुन कुन स्थानमा साइरन बजेको कति समय पश्चात् रकेट खस्छ, भनेर हेक्का राख्नु जरुरी थियो । सचेतनामूलक सतार्क्ताको जानकारी सकेसम्म नेपालीहरुमाझ पुरयाउने र सहानुभूति दिने बाहेक गर्न सकिने केही थिएन ।

नेपाली दूतावासले पनि गाजा क्षेत्रको सीमावर्ती इलाकामा काम गर्ने नेपालीहरुलाई सतर्कताका सुचना र जानकारी गराउनुका साथै आपातकालीन अवस्थामा नेपालीहरुलाई हिंसा प्रभावित स्थानहरुबाट सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था आएमा उद्धार र सहायताको प्रतिबद्धता व्यक्त गरेको थियो ।यस्ता रकेटहरु अहिले स्देरोत अस्दोद हुँदै किरयातगात सम्म आइपुगेका थिए, इजरायलले हमास माथि गरेको कारवाही पश्चात यो क्रम कम हुनुको सट्टा झन बढेको र द्वंदको अवस्था चर्किएको थियो ।

रुबेन यतिखेर इलातमा घुम्दैछ । नेपाली नारी आवाज़द्वारा आयोजित नयाँ बर्ष सांस्कृतिक तथा सम्मान साँझको झलक उसले इन्टरनेटबाट हेरेछ । मलाई एउटा प्रस्ताव सहित मेल पठाएको छ – अर्को हप्ता म तेल अभिभ फ़र्कन्छु, हामी गाजामा भड़किएको द्वन्दको बारेमा एउटा लघु वृत्तचित्र निर्माण गरौं । उसको यो आइडिया पनि एड्भेन्चर्स नै थियो तर यो सजिलो भने थिएन ।संयोग नै मान्नु पर्छ – तेल अभिभ अँाउदै गर्दा मेरो भेट एरिक संग भयो एरिक तविव रुबेन र मेरै उमेरको यो ठिटो चाहिँ उस्तो एड्भेन्चर्स छैन । उसलाई भेट्नासाथ मलाई आस्दोद (अहिलेको रकेट प्रभावित क्षेत्र)मा रहँदाको विगत याद आउछ उसकै हजुरबा “रहमतुल्ला तविव पोर”का लागि मलाई नेपालदेखि झिकाइएको थियो, अर्थात -मेरो शुरुको जागीर ।

रहमतुल्ला -उनी पारसी ज्यादा बोल्थे अंग्रेजी कम । मुस्लिम नाम जस्तै लागेर शुरुमा त म झस्केको थिएँ । उनी इरानबाट आएका रहेछन । उनिसंग होलोकास्टमा सबै आफन्त गुमाएको तितो कथा थियो । होलोकास्ट अर्थात “अग्निकांड” संसारभरिका यहूदीहरुको विनाश गर्न जर्मनीका हिटलर र उसको पार्टी नाजीद्वारा रचिएको थियो ।जसमा युरोपतिर छरिएर विस्थापित भएका ६० लाख यहूदीहरु जिउँदै जलाइएका थिए । त्यसबेला उनीहरुसँग आफ्नो देश थिएन घर थिएन । त्यही बेला देखि पुर्खाको पहिचान खोज्दै, इतिहास खोतल्दै उनीहरूले आधुनिक यहुदी राज्य इस्राइल फर्काएका हुन। जहाँबाट यिनीहरू पटक-पटक लेखेटिएका, धपाइएका वा विस्थापित भएर लाखापाखा लागेका थिए । तिनीहरुका पुर्खा राजा डेविडले आजभन्दा २००० बर्ष अघि नै यो पवित्र भूमी इजरायलमा राज्य गरेको कुरा हिब्रू बाइबलमा उल्लेख गरिएको छ ।यूरोप अमेरिका वा प्यासिफिक क्षेत्रका यहूदी हरु एक एक सबै एक एक गरेर यहाँ आए आफ्नै देश बनाउने अभियान का रुपमा आए। युरोपमा उनिहरुमाथि भएको अन्यायले उनिहरु के कुरा दृढ़ भए भने, “अब चाहिँ हामी कदापि भाग्ने छैनौँ “। उनीहरूले पुर्ख्यौली घर फेरि कब्जा गरे, र १९४८ मा प्यालेस्टाइनमाथि यहूदी राज्य इजरायल स्थापना भएको घोषणा गरे । यसरी आएका यहूदीहरुबाट यहाँका प्यालेस्तिनीहरु विस्थापित भए । युरोपमा यहूदीमाथि भएको अमानवीयताको मूल्य यहाँका प्यालेस्तिनीहरुले बिनाकरण तिर्नु पर्यो । उनिहरु बस्दै आएको घर जग्गा खोसियो । ती जोर्डान, सिरिया वा लेबनानतिर भागेर शरणार्थी बने । आज तिनै प्यालेस्तिनीहरु त्यही मूल्य खोजिरहेछ्न, हिजोको प्यालेस्ताइन खोजिरहेछन, गाजा र पश्चिम किनारको सांघुरो टुक्रा होइन , प्यालेस्ताइन त विशाल थियो । उनीहरु त्यो देश फिर्ता चाहन्छन । आख़िर यो देश कसको ? कसले कोर्यो यहाँ मानवता बिरोधी बिभाजनका धर्काहरू/ सिमानाहरु?

एरिकलाइ यो कथा थाहा छ । अहिलेको पिंढी तिनै संसारका बिभिन्न कुनाबाट फर्किएर पुनस्थापित भएका यहुदीका दोश्रो वा तेश्रो पुस्ता हुन । एरिकका पिता धर्मतिर लागेका थिए । लामो दारी, कानको दुवै छेउमा घुंघुरिएको टुपी जस्तो लामो लुन्द्रो, कालो ह्याट र घुंडा सम्म छोपिने कालो लामो कोट । पहिलो पटक देख्दा म यो कस्तो जोगी होला भनेर मनमनै हासेको थिएँ ।

२ बर्ष अघि म इजरायल आउदा एरिक अनिवार्य सैनिकमै थियो । एरिकलाई नचाहँदा नचाहँदै पनि यसरी सैनिकमा जानुपर्ने यो देशको नियमप्रति वितृष्णा थियो । विज्ञान र आविष्कारमा रूचि राख्ने उ, त्यो समय खोज र अनुसंधानमा बिताउन चाहन्थ्यो । उसलाई त्यो दुई बर्ष खेर गए जस्तै लागेको थियो । उसकी बहिनी एन्जिलाको बिहे समारोहमा भाग लिन बिदा नमिलेकोले उ एकदिन भागेर आउदा सैनिकहरु आएर बिहेको पार्टीबाटै जबरजस्ती लगेको घटना मैले धेरै दिन सम्म बिर्सिएको थिइन ।एंजिला ले १६ बर्षमै बिहे गरेकी थिई । यो विकसित देश अनि बाल विवाह? म आश्चर्य मा परेको थिएँ । पछि थाहा पाएँ, उ अनिवार्य सैनिक मा जान चाहन्नथि, र विवाहित युवतीहरुलाइ यो नियम अनिवार्य थिएन । त्यसबाट बच्नैका लागि उसले विवाह गरेकी थिई ।एरिक मैले पहिलो युवक भेटेको थिएँ, जसमा यहूदी स्पिरिट शायद अलि कम थियो । उसलाई धेरै कुराहरुमा रूचि थिएन कतिपय नियमहरु उसलाई वाहियात लाग्थे ।

गाजामा सीमा सुरक्षा कडा भएपछि बिगतमा जस्तो आत्मघाती आक्रमणका घटना चाहिँ घटेका छैनन । इजरायलको भनाइअनुसार उसको आक्रमण ती आतंककारी आक्रमणकारी बिरुद्धमात्र हो, जो दिनदिनै इजरायलमा रकेट प्रहार गर्छ । यो डिसेम्बर २७ २००८ को कारवाही पनि प्यालिस्तिनीहरुको लगातार रकेट आक्रमणबाट एक इजरायलीको मृत्यु भएपश्चात् प्रतिकारमा गरिएको हो ।

‘कारवाहिको निर्णय पूर्व यहूद अल्मर्टले संचारसँग भनेको यो शव्द म बारम्बार सम्झिरहन्छु – “हामीले कतिपटक भन्यौं रोक, रोक, रोक , उनीहरूले मानेनन” ।

गाजामा जारी द्वंदले मध्यपूर्व मात्र होइन विश्व नै बिथोलिएको छ । समाधानका उपायहरु चारैतिरबाट खोजी हुदैछ क्षणिक नै सही तत्काल युद्धबिरामको प्रयास भै रहेको छ । यतिखेर समाचारहरु युद्ध बिरामका बिषयमा भएका प्रयासका फेरहिस्तहरु सुनाई रहेका छन । यद्यपि यो लेखोट कोर्न बस्दा सम्म भने युद्ध बिराम भएको छैन । गाजामाथि भड़किएको हिंसाको ताजा अवस्था छ ।

गरुड़ झै इजरायली युद्दक बिमान हरु गाजापट्टीको आकाश माथि सल्बलाई रहेका थिए । जमिनमा ट्यान्करका लश्कर अनि हमास बिरुद्ध कारवाहीको नाउमा बेहिसाब राकेटहरु खनिएको थियो । खै कहाँ कहाँ भत्किए हमासका तालीम शिविरहरु ? हतियार भण्डार वा गतिबिधि केन्द्रहरु? भत्किए केवल मानिसले बनाएका संरचनाहरु, सभ्यताहरु अनि मानवीयताका परिभाषा हरु ! जति निरीह प्यालिस्तिनीका घर स्कूल र कार्यालयहरु भत्किए,जति महिला वालवालिका र निहत्था नागरिकहरु मारिए, तिनको संख्याले आतंकवाद माथिको कारवाहीको औचित्य वा प्रक्रिया माथि असंख्य प्रश्नचिन्ह उठाएको छ ।


सैयौं सर्वसाधारणका बाँच्ने अधिकार खोसिएका छन, कैयौं घरबार विहीन भएका छन । अनि सधैं जस्तै मानवीय मूल्यको उपहास भएको छ त्यहाँ । जसरी हरेक युद्धमा सधैं हुने गर्छ । गाजापट्टीको प्यालेस्टाइन ध्वस्त भैरहेछ यतिखेर । इजरायलको स्थापना संगै बिस्थापित भएका प्यालिस्तिनी र तिनको उम्मीद माथिको अर्को चोट हो यो । प्यालेस्ताइन फर्काउने र जुन उम्मीद हो, त्यो केवल अरवी सहित्यमा, कविता वा शव्दहरुमा मात्र बाचेको छ । सिमाना मेटिएर छरपष्ट भएका उनीहरूले नक्सा खोतल्दै फेरी फेरी देश खोज्नु केवल दिवास्वप्न मात्र हो, इजरायलको प्रत्येक शक्तिशाली आक्रमणले यही तथ्यलाइ उजागर गरिरहेको छ ।

जाडो बढेको छ । कहिले काही झरी पनि पर्छ । हिउदमा पानी पर्ने मौसम यही हो । तेल अभिभको आकाश अलि शान्त छ यद्यपि आस्दोद र किरयातगात सम्म क्षेप्यास्त्र आइपुगेको खबरले सबै क्षेत्रका इजरायलवासी खल्बलिएका छन ।सधैँ तनाव ग्रस्त इजरायल प्यालेस्ताइनबीच चर्किएको पछिल्लो घटनाक्रमलाइ लिएर यहाँ बस्ने हामी बिदेशी नागरिकहरू केवल रमिते मात्र बन्न सकिरहेका छैनौं सुरक्षा का कारण परोक्ष रुपमा प्रभावित भै नै रहेका छौं कही नया नियम हरु पनि लागू भै रहेका छन
यसरी इजरायल मा नेपाली नागरिकका सुरक्षा स्थितिका सम्बन्धमा जारी सचेत्नामुलक सुचना सहित नेपाली दूतावास बाट ई मेल आएको छ सीमावर्ती इलाका मा काम गर्ने नेपाली हरुको सुरक्षामा दूतावास को सरोकार र आवश्यक परेको खण्डमा सहायताको प्रतिवद्धता पनि व्यक्त गरिएको संदेश प्रसारण गर्न आग्रह गरिएको छ, सधै रकेटको त्रासमा रहेर काम गर्ने ती नेपालीहरुले यसबाट भावनात्मक सुरक्षा र अभिभावकत्वको महशुश कतिको गर्ने हुन?

मानव अधिकारवादी अंतर्राष्ट्रीय सामाजिक संस्थाहरु, मध्यपूर्वको राजनीतिमा चासो राख्ने राष्ट्रहरु, संयुक्त राष्ट्रसंघ, शान्तिकर्मी तथा राजनैतिक चिन्तकहरु सबैको टिपण्णी र विश्लेषण, संभाव्यताका सुझावहरु एकातिर पंछिएका छन । युद्ध जारी छ ।

यहीबेला अर्को हरफ यो पनि लेखुं- ” पवित्र भूमि इजरायल लाइ इतिहास मा पटक पटक भनिएको छ -यो युद्ध भूमि पनि हो “

दक्षिणी गज़को राफामा इजरायली विमानहरुले सर्वसाधारणलाइ घर खली गर्न पर्चा छरि रहेछन परबाट हेर्दा हिउँ खसेजस्तै देखिने यो दृश्य हेर्दा यस्तो लाग्थ्यो, मानौं यहाँ कुनै उत्सवको तयारी हुदैछ । लेखिएको छ -हमास मिलिसिया को हतियार ओसार प्रसार प्रणाली तथा सुरुंगहरु भत्काउन अर्को मेजर अपरेसन हुदैछ, अप्रेशन अवधीभर सुरक्षित स्थान तर्फ सरेर आतंकवादमाथिको कारवाहीमा सहयोग पुरयाउनु हुन अनुरोध गरिन्छ ।

एरिक तविव लाइ गाजामाथि उडेको धुवांको कुनै वास्ता छैन । यद्यपि विज्ञानको विद्यार्थीको नाताले ट्यान्क र युद्दक विमान वा क्षेप्यास्त्रका कार्यप्रणालीका बिषयमा वा विष्फोटकका रासायनिक संरचनाका बारेमा अध्ययन चाहिँ जरुर गरेको होला भन्ने मेरो अनुमान छ।

“शासकहरुको राजनितिक स्वार्थका लागि कति निर्दोष नागरिकले रगत बागाउन परेको छ,
भन त एरिक यहाँ सधैं किन र यस्तो कहिले सम्म ?

उसले यत्ति भन्यो
“तिमीलाई थाहा छैन क्रिश, प्रेम र युद्ध मा सबै कुरा जायज हुन्छन् ” ।
उसको उत्तरले फेरी मलाई पूरा निराश बनाउछ ।

समाचारहरु चर्को स्वरमा हताहत हुनेहरुको संख्या फुकी रहेका थिए “प्यालिस्तिनी तर्फ एक हजार दुई सय….. “

 

Posted by SHYAM in 17:44:23 | Permalink | No Comments »

यात्रा अधुरै…….

बिश्व साइकल यात्रा अधुरै…….


१० जनबरी २००९,इजरायल
तस्विरमा देखिएका दृष्यमा , ल न दाजु, हामी त अापतमा छाैँ
कस्लाइ भन्ने ,कस्लाइ गुहार्नु भन्दै सहायताका लगी मार्ग खाेज्दै थिए यी नेपाली साइकल यात्रीद्वाय गत डीसेम्बर महिनामा क्रीश्चीयन मण्डलीद्वारा तेलअभिबमा अायाेजीत क्रीसमस कार्यक्रमका अबशरमा हाम्रा कानूनी सल्लाहकार अधिबबक्ता श्याम राेक्का संग ………………………

असल मार्ग , सल्लाह र सहायतका राय त उहाँले पक्कै दिनुभएथ्याे हाेला किनकी उक्त दिन त्यसै कार्यक्रममा महामहिम राजदुत,एन अार एन अध्यक्ष,अन्य इजरायल स्थित शामाजीक संस्थाका अध्यक्ष महाेदयहरूका समक्ष तपाइहरूले अाफ्ना समस्याका कारण स्पष्ठ पार्नुस पक्कै सहायता हुनेछ र यात्रीद्वयका भनाइ अनुशार उहाँहरूका सम्पूर्ण कागजपत्र,राहदानी र ब्याग समेत चाेरी भएकाले कानूनीरूपमा प्रमाणीक कागजपत्र बनाउन पाए शान्तीका ध्वनी बिश्वमा फैलाउन यात्रारत हामी अाफ्ना गन्तब्य तर्फ लम्कने थियाैँ तर
 त्यसै दिन त उहाँहरूका समस्या सबैलाइ दर्शाउन अलि समय मिलेन क्यारे तैपनि एन अार एन अध्यक्ष ज्यूसंग केहि शब्द भलाकुसारी भने हुन पायाे ।
 अाज तिन हप्ता भन्दा बढि उनिहरूले माथी उल्लेखित सबै महाशय समक्ष समाधानका अाशा लिएर धाउनु हुदैथ्याे तर हातमा लाग्याे शुन्य झै भयाे धन्न एक जना नेपाली दिदी चुनु बाँनिया ज्यूले उहाँहरूलाइ खाने, बस्ने समेत ब्यबस्था गरीदिनाले  इजरायलमा ज्यान बचाउन सम्म सहायता भएकाे छ ,उहाँका उदारबादि,सेवात्मक कार्यबाट सबै नेपालीहरूले एउटा पाठ सिक्नै पर्छ । अन्तत उहाँहरूले हार खाएर  बिश्व साइकल भ्रमण अधुरै छाड्दै ( स्वदेश)  नेपाल जानुपर्ने बाध्यात्मक अबश्था बाहेक केहि रहेन अतः  टिकटकालागी गैर अावासीय संघकाे बिशेष पहलमा पार्क,अपार्ट ,बाटाेमा ब्यक्तीगत र संस्थागतरूपमा  समेत चन्दा माग गरेरै भएनि नेपाल जाने टीकटकालागी लाग्ने लागत रकम जम्मा गरीएकाे छ र उहाँ साइकल यात्रीद्वयहरू अपुरै यात्राका अमिला क्षणहरू लिएर छिट्टै नेपाल फर्कदैछन् यस्ता भ्रमण वा कामदारका रूपमा वा अन्य कुनै कामकारबाहिका शिलसिलामा प्रबाशी इजरायलमा रहदै अाएका हामी नेपालीहरूलाइ सहायता गर्नै पर्ने जीम्मेबारी अाधिकारीक रूपमा स्थापीत नेपाल सरकारकै प्रतिनिधित्व गर्ने नेपाल राजदुताबासकाे हैन  र ? किन शान्तीका ध्वनी बिश्वभर फैलाइ नेपाललाइ चिनाउने यात्राक्रमलाइ अधुरै छाडेर  इजरायलबाटै फर्कनु परेकाे ? एकपल्ट सम्बन्धित निकायहरूलाइ  प्रश्न चिन्ह लगाएर स्वदेश फर्कदैछन् ति नेपाली साइकल यात्रीद्वय  ………………साथै इजरायली प्रबाशका ति सहयाेगी हातहरू जस्ले टीकटका लागी चन्दाका रूपमा रकम सहयाेग गर्नु भयाे उहाँहरूप्रति कृतज्ञ र अाभार समेत ब्यक्त गर्दछन्  ।

Posted by SHYAM in 17:09:27 | Permalink | No Comments »

प्रधानमन्त्री प्रचण्ड ज्यू लगायत नेपालका केहि सर्बश्रेष्ठ नेताहरू एकसाथ छलफलमा सहभगी

Posted by SHYAM in 17:03:26 | Permalink | No Comments »

Sunday, January 25, 2009

इजरायलबाट स्पेन प्रश्थान

इजरायलमा कार्यरत एक नेपाली चेलीद्वारा स्पेनमा बेबीकेयरका लागी भिसा प्राप्त गर्नुभएकाे छ ।
उहाँलाइ बधाइ तथा शुभकामना……
Posted by SHYAM in 19:14:29 | Permalink | No Comments »